पाल्पाको खानीछाँप बेलडाँडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते
५ घाइतेमध्ये १ काे अवस्था गम्भीर
पाल्पा | बैशाख ७, २०८२
पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।
पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाँप जाने क्रममा भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हाे ।
ब्रेक फेल भएर दुर्घटना भई जिप सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको बताइएकाे छ ।
तानसेनबाट खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएकामध्ये एक यात्रुको टाउकोमा गम्भीर चोट लागेको छ ।
अन्यकाे अवस्था सामान्य रहेकाे छ । घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

